काठमाडौं – मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ६२८.४५%ले बढेर १४ करोड ३३ लाख ७४ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यस सस्ंथाले १ करोड ९६ लाख ८२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी ५८.४९%ले बढेको छ । गत वर्ष १२ करोड ४२ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको मन्जुश्रीले यो त्रैमासमा बढाएर १९ करोड ६९ लाख ६७ हजार पुर्याएको छ । साथै, सञ्चालन नाफा पनि २ करोड ६४ लाख ९६ हजार रुपैयाँबाट बढाएर १० करोड १ लाख ३१ हजार पुगेको छ । कम्पनीको सञ्चालन नाफा २७७.९०% ले बढेको छ ।
यो दोस्रो त्रैमाससम्ममा कम्पनीको चुक्ता पुँजी ८१ करोड ८१ लख ३१ हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १६ करोड ३५ लाख ५६ हजार रुपैयाँ छ । यता, कम्पनीको खराब कर्जा भने ३.४३% रहेको छ भने प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ०५ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ७१ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्