×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकपाद्वारा एमसीसीका विषयमा देखिएका विवादबारे परराष्ट्रमन्त्री ज्ञवालीसँग छलफल (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेकपाद्वारा एमसीसीका विषयमा देखिएका विवादबारे परराष्ट्रमन्त्री ज्ञवालीसँग छलफल (भिडियो रिपोर्ट)

६ माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय सभा संसदिय दलको बैठकले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा जानकारी लिएको छ । 
सोमबार सिंहदरबारमा बसेको संसदिय दलको बैठकमा सांसदहरुले एमसीसीका विषयमा देखिएका विवाद सम्बन्धमा मन्त्री ज्ञवालीसँग छलफल गरेका हुन । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले दल भित्र एमसीसीका विषयमा एउटै मत बनोस भन्ने उद्देश्यले छलफल गरिएको जानकारी दिनुभयो । बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो ‘राष्ट्रिय सभाको यो दलको बैठक हो । यसमा हामीले एमसीसीको बारेमा परराष्ट्र मन्त्रीसँग स्पस्ट हुन चाहेका थियौं उहाँले स्पस्ट पार्नुभयो । हामीले केही लागेका जिज्ञासाहरु सोध्यौं र उहाँले त्यसमा पनि स्पस्ट पार्ने काम गर्नुभएको छ र अब हामी यो विषयमा कम्तिमा पनि हाम्रो दलभित्र एउटै मत बनोस भन्ने हिसाबले प्रस्तुत भएका छौं । ’
सरकारले गरेको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहायता सम्बन्धी सम्झौता पछिल्लो समय विवादीत बनेको छ । खासगरी अमेरिकाको इण्डोप्यासिफिक रणनीति भित्र एमसीसी रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै विवाद बढेको छ । पार्टीभित्र एमसीसीका विषयमा बढिरहेको विवाद समाधान गर्न र एमसीसीका विषयमा स्पष्ट हुन भन्दै नेकपाको राष्ट्रिय सभा संसदिय दलले परराष्ट्र मन्त्री ज्ञवालीसँग छलफल गरेको हो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: