काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजना र ‘मेगा माया बचत खाता’ को नयाँ संस्करण ल्याएको छ ।
बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको अवसरमा बैंकले ग्राहकहरुलाई धन्यवाद स्वरुप ‘मेगा विश्वास बचत खाता’ योजना ल्याएको हो । ६.५ प्रतिशत आकर्षक ब्याज पाइने यो बचत खातामा ग्राहकहरुलाई १७ वटा आकर्षक सुविधा तथा छुटहरुको व्यवस्था गरिएको छ ।
यसैगरी, मोबाइल बैंकिङ र डेबिट कार्ड निशुल्क रुपमा जारी गरिने र क्रेडिट कार्ड जारी गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । यो बचत योजनाले ग्राहकहरुको विश्वासलाई थप प्रगाढ बनाउने बैंकले जनाएको छ ।
साथै, बैंकले नियमित बचतसँगै स्वास्थ्य र जीवन सुरक्षाको पनि अनुभूति गराउने उद्देश्यले ‘मेगा माया बचत खाता’ को २०२० संस्करण पनि ल्याएको छ । यस योजनामा सम्बन्धित ग्राहकको १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको प्राणघातक रोगहरुको बीमा र १ लाख रुपैँयासम्मको स्वास्थ्य बीमाको व्यवस्था बैंक आफैले बीमा प्रिमियम शुल्क व्यहोर्ने गरी बीमा प्रदायक कम्पनी नेको इन्स्योरेन्स मार्फत गर्ने भएको छ ।
आकर्षक ब्याजदर रहेको यस बचत योजनामा ग्राहकहरुले मोबाइल बैंकिङ र डेबिट कार्ड निःशुल्क रुपमा पाउने छन् भने क्रेडिट कार्ड जारी शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
हाल बैंकको १११ शाखा, २० एक्सटेन्सन काउन्टर, ११४ एटिएम, ११९ शाखारहित बैंकिङ केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिटको सञ्जाल रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्