
काठमाडौँ – नविल बैंकको वार्षिक साधारण सभाले ३४ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । बैंकको साधारणसभाले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो ।
बैंकको लाभांश पारित भएसँगै १० अर्ब ९ करोड ३२ लाख ६६ हजार ८ सय ४८ रुपैयाँ चुक्ता पूँजी पुग्ने छ । त्यस्तै बैंकले ११ अर्ब अधिकृत पूँजी पु¥याउने विशेष प्रस्ताव पनि पारित गरेको छ । साधारण सभामा शेयरधनीहरुले शाखा विस्तारसँगै आफ्नै पूँजीबाट बैंकलाई बलियो बनाउनु सुझाव दिएका थिए ।
त्यस्तै शेयरधनीहरुले बैंकले नगद लाभांश भन्दा बोनस शेयरलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेलले बैंकसँग भएको जगेडाकोष तथा सञ्चित मुनाफा बलियो भएकाले आवश्यक परेमा ठुलो बैंक हुन कुनै समस्या नरहेको बताउनुभयो । नविल बैंकको जगेडाकोषमा १४ अर्ब १७ कारोड रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्