काठमाडौं – नबिल बैंकले आफ्ना व्यक्तिगत बचतकर्ता ग्राहकहरुको हितलाई मध्यनजर गर्दै मेटलाईफ बीमा कम्पनीको सहकार्यमा ३ लाख रूपैयाँको घातक रोग बीमा तथा ७५ हजार रूपैयाँको मृत्यु बीमा गरिदिने योजना वि.सं. २०७५ मंसिरमा शुरुवात गरी एक वर्ष पुरा गरेको छ ।
उक्त बीमा योजना ल्याएको एक वर्षमा कुल ८६ बचतकर्ताहरुलाई यस योजना अन्तर्गत रकम २ करोड १ लाख ७५ हजार रूपैयाँ दाबी भुक्तानी गरिएको छ । ग्राहकमा यस योजनाको लोकप्रियता तथा यसले पुर्याएको सहयोगलाई मध्यनजर गर्दै यस योजनालाई निरन्तरता दिने निर्णय समेत बैंकले गरेको छ ।
उक्त योजना अन्तर्गत बैंकले दैनिक मौज्दात २५ हजार रूपैयाँ वा बढी राख्ने १६ देखि ६४ वर्ष उमेरका जुनसुकै प्रकारका नेपाली मुद्रामा व्यक्तिगत बचतखातालाई १३ वटा घातक रोगहरुको उपचारार्थ ३ लाख रूपैयाँको बीमा गरेको छ ।
आफ्ना ग्राहकलाई १३ वटा मध्य कुनैपनि घातक रोग लागेको निवेदन उपर निदान आवश्यक प्रमाण पुरा भएको अवस्थामा ३ लाख रूपैयाँको बीमा रकम विना कुनै विल तत्काल भुक्तानी हुनेगरी व्यवस्था गरिएको छ । यसको अतिरिक्त बचतकर्ताको निधन भएमा ७५ हजार रूपैयाँको बीमांक रकम समेत यो योजनाले सुरक्षित गरेको छ ।
हाम्रो समुदायमा घातक रोगहरुको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेको तथा तिनको उपचारार्थ अत्याधिक व्यय भार हुने कुरालाई ध्यानमा राख्दै यस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममा नै केही आर्थिक सहयोग समयमै पुर्याउने उद्देश्यका साथ आफ्ना बचतकर्ताको सुरक्षण सहित नबिल बैंक प्रस्तुत भएको थियो ।
सन् १९८४ देखि सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १०२ शाखा, १४३ एटिएम र १५ सय भन्दा बढी नबिल रेमिट एजेन्ट रहेकाे बैंकले जनाएकाे छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्