
नेपाल राष्ट्र बैंकले भने ऋण लिएपछि तिर्ने क्षमतामा सुनिश्चितता कायम गर्न यस्तो नीति लागू गरेको जनाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले हायर पर्चेज, घरजग्गा लगायतका क्षेत्रमा दिइने कर्जामा आफ्नो कर चुक्ता भएको आम्दानीको ५० प्रतिशतबाट किस्ता तिर्न भ्याउने गरी कर्जा प्रवाह गर्ने व्यवस्था गरिएको र यसले कर्जा लिने व्यक्तिले भविश्यमा तिर्न नसक्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । उहाँले सवारी साधनको व्यवसायमा सुरुमा समस्या देखिएपनि भविश्यमा राम्रै फाइदा पुर्याउने बताउनुभयो । उहाँले अर्थतन्त्रमा स्थिति बसाल्न र संस्थागत सुधार गर्न खोज्दा सुरुसुरुमा समस्या आउने तर पछि समान्य हुने भएकाले यसले दिर्घकालमा कुनै असर नगर्ने बताउनुभयो ।
व्यवसायीहरुले चालु आर्थिक वर्षमा सवारी साधनको विक्री घटेको र राष्ट्र बैंकले पछिल्लो समय लागू गरेको व्यवस्थाका कारण अझै व्यापार घट्ने बताएका छन् । यसले समग्र अर्थतन्त्रमा असर पार्ने नाडाका अध्यक्ष दुलालले बताउनुभयो । हेर्नुहोस् भिडियो:
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्