काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/२०७७ को दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा २ करोड २२ लाख ६३ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १०७.८३% ले धेरै हो । गत वर्ष १ करोड ७ लाख १२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी ६५.८१% ले बढेर ५ करोड ८८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष ३ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा पनि १ करोड ६८ लाख रुपैयाँबाट बढेर ३ करोड ४९ लाख नाघेको छ ।
यो दोस्रो त्रैमाससम्ममा बैंकले ३८ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १२ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी १६ करोड ७६ लाख रुपैयाँ रहेको छ भने, जगेडा कोषमा ९ करोड ८१ लाख रुपैयाँ छ ।
यता, बैंकको खराब कर्जा १.९४%मा झरेको छ । गत वर्ष बैंकको खराब कर्जा ४.८१% रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १९७ रुपैयाँ ८० पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्