Skip to content
LAXMI SUNRISE BANK

राजधानीका विभिन्न स्थानबाट चार लाख ३१ हजार नक्कली नोटसहित चार जना पक्राउ

अर्थ सरोकार

काठमाडौं – नक्कली नोटसहित चार जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चार लाख ३१ हजार नक्कली नेपाली नोटसहित चार जनालाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा सल्यानका कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखालका बलबहादुर रानामगर, डोटीका आर्यान खड्का, र धनकुटाका छत्र बहादुर लिम्बु छन् । उनीहरुलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो। विगत केही महिनादेखि उपत्यकामा नक्कली नोट देखाइ ठगी गर्दै आएको सीआइबिले जनाएको छ । 
पक्राउ परेकामध्ये रानामगर नक्कली नेपाली नोट छपाइ गर्ने मुख्य व्यक्ति हुन् । रानामगरबाट ९० हजार नक्कली नेपाली नोट र नोट छाप्न प्रयोग हुने फोटोकपी मेसिन, फोटोकपी पेपर लगायतका समान प्रहरीले बरामद गरेको छ। बुढाथोकीबाट दुई लाख ९८ हजार रुपैयाँ पनि  बरामद भएको छ। 
आर्यान खड्काका साथबाट प्रहरीले २५ हजार नक्कली नोट बरामद गरेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK