×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेसनल माइक्रोफाइनान्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ६१.६८% ले वृद्धि हुँदा कमायो ९ करोड २५ लाख ४६ हजार रुपैयाँ !

LAXMI SUNRISE BANK

नेसनल माइक्रोफाइनान्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ६१.६८% ले वृद्धि हुँदा कमायो ९ करोड २५ लाख ४६ हजार रुपैयाँ !

१६ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेसनल माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा ६१.६८% ले बढेर ९ करोड २५ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा नेसनलले ५ करोड ७२ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यता, संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकोले गर्दा खुद नाफा पनि बढेको देखिन्छ । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ६३.७२% तथा ६३.३१% ले बढेको छ । गत वर्ष ११ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस कम्पनीले अहिले बढाएर १८ करोड ७२ लाख रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि ८ करोड ९९ लाख रुपैयाँबाट बढेर १४ करोड ६८ लाख रुपैयाँ पुगेको छ । 
यो दोस्रो त्रैमाससम्ममा संस्थाले १ अर्ब ४८ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ९३ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल नेसनलको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २२ करोड ५१ लाख रुपैयाँ जम्मा छ ।
यता, कम्पनीको खराब कर्जा भने १.४८%बाट बढेर १.७६% पुगेको छ । प्रतिसेयर आम्दानी ७० रुपैयाँ २९ पैसा (वार्षिक) रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ २७ पैसा रहेको विवरणमा उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी