×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकले ३० लाख कित्ता ऋणपत्र जारी गर्दै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनसीसी बैंकले ३० लाख कित्ता ऋणपत्र जारी गर्दै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

५ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनसीसी बैंकले ३० लाख कित्ता ऋणपत्र ल्याउने भएको छ । बैंकले उक्त ऋणपत्र जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नको लागि बोर्डसँग अनुमति मागेको हो । बैंकले जारी गर्नको लागेको ऋणपत्रमध्ये सर्वसाधारणलाई १२ लाख कित्ता र व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई १८ लाख कित्ता विक्री गर्न लागेको हो ।
१० वर्षे अवधिको यो ऋणपत्र २०८६ सालमा गएर परिपक्क हुनेछ । ऋणपत्र खरिद कर्ताहरुले वार्षिक १०.५० प्रतिशत ब्याजदर पाउनेछन् । बैंकले यस ऋणपत्रका लागि विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । वाणिज्य बैंकहरुले आफ्नो चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य निष्कासन गर्नुपर्ने व्यवस्था बमोजिम एनसीसीले ऋणपत्र जारी गर्न लागेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: