काठमाडौं । नेकपाले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टुङ्गो लगाएको हो।
राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ९ गते हुँदैछ। सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ ।
यस्तै बैठकले प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यसैगरी प्रदेश ३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भुसाल छन् । गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपाने उम्मेदवार छन् । प्रदेश ५ मा महिलाबाट विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकबाट जगप्रसाद शर्मा, अन्यबाट गोपाल भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको बैठकले कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसी र सुदूरपश्चिम प्रदेशमा अन्यबाट तारामान स्वांर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।