×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली सेनाले उद्यमशिलता कर्जा कार्यक्रम सुरु गर्यो, १५ लाखसम्म कर्जा दिने व्यवस्था ! (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

नेपाली सेनाले उद्यमशिलता कर्जा कार्यक्रम सुरु गर्यो, १५ लाखसम्म कर्जा दिने व्यवस्था ! (भिडियो रिपोर्ट)

१५ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाली सेनाले हितधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १ देखि कक्षा १२ सम्म निः शुल्क अध्ययन गराउने भएको छ । दाङको घोराही तथा सुर्खेतमा आयोजित सम्मेलनमा प्रधान सेनापति पूर्णचन्द्र थापाले सैनिक महाविद्यालयहरुमा हिताधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १ देखि १२ सम्म निःशुल्य अध्ययन गराउने कार्यक्रम अघि बढेको बताउनुभयो । शिक्षाको पहुँचबाट बञ्चित नहुन भनेर आगामी शैक्षिक शत्रबाट नै लागु हुनेगरी हिताधिकारी मध्ये श्रीमान् तथा श्रीमति दुबै को मृत्यु भई टुहुरा भएका बालबालिकाहरुका लागि उक्त अवशर प्रदान गरिने उहाँले बताउनुभयो ।
प्रधानसेनापति थापाले स्वरोजगार कार्यक्रम अन्तर्गत सैनिक श्रमति संघको पहलमा व्यवसायिक तालिम केन्द्र छाउनीबाट सुरु भएको सीपमुलक कार्यक्रम प्रितनातहसम्म यहि वर्षबाट विस्तार गरिएको बताउनुभयो । नेपाली सेनाले सैनिक दिवसका अवशरमा काठमाडौं उपत्यकाबाट सुपथ मूल्य पसल पनि सञ्चालन गर्ने भएको छ । बजारमूल्य भन्दा १० देखि १९ प्रतिशतसम्म सस्तोमा सामान उपलब्ध गराउने योजना सेनाले लिएको छ । नेपाली सेनाले लमजुङको बेसिसहरमा स्थापना गरेको नेपाली सेना व्यवसायिक कृषि तथा पशुपालन तालिमकेन्द्रमा पिजेटिए र भिजेटिएका अतिरिक्त अन्य छोटो अवधिका तालिम सञ्चालन गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रबाट सम्बन्धन प्राप्त गरेको थापाले बताउनुभयो ।
नेपाली सेनाले उद्यमशिलता कर्जा कार्यक्रम पनि सुरु गरेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकसंगको सहकार्य गरी सेनाले बढीमा १५ लाखसम्म कर्जा लिन मिल्ने व्यवस्था गरेको हो । भूतपूर्व सैनिक श्रीमति, एकल महिला तथा अविवाहित छोरीलाई बढीमा ५ वर्षका लागि ३ दशमलव ९८ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ । भूपू सैनिक नन्दबहादुर चन्दले सम्मेलनलाई पुराना सहपाटीहरुसँगको भेटघाट गर्ने थलोका रुपमा लिनुभएको छ । सैनिक कार्यकारी बोर्डले भूपूहरुलाई सहयोग गरेको र सम्मेलनबाट लघुवित्त देखि औषधि उपचारसम्मको सहयोग प्राप्त भएको उहाँले बताउनुभयो । चन्दले नेपाली सेनामा २९ वर्ष सेवा गर्नुभएको थियो ।
भूपू सैनिकका श्रीमति धनिसरा बारबराईले नयाँ घर बनाउन र व्यवसाय सञ्चालनका लागि ऋण माग्न सम्मेलनमा सहभागि भएको बताउनुभयो । ऋण लिने प्रकृया, कति व्याजदरमा ऋण पाइन्छ भन्ने आफुलाई कुनै जानकारी नभएको तर छोराहरुले ऋण माग्न भनेपछि सम्मेलनमा आएको उहाँले बताउनुभयो ।  सम्मेलनका क्रममा स्वास्थ्य उपचार सेवा, सहभागिलाई दैनिक भ्रमणभत्ता, लघुवित्त कार्यक्रमका ऋणिहरुर्लाइ चेक हस्तान्तरण, उत्कृष्ठ व्यवसायिलाई पुरस्कार तथा जेष्ठ सैनिक र एकलको सम्मान एवं अशक्तलाई ह्विल चियर प्रदान गरिएको छ ।हेर्नुहोस भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: