×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको खुद नाफा १८.६० प्रतिशतले घट्यो, अन्य वित्तीय सूचकहरुमा पनि गिरावट !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल बैंकको खुद नाफा १८.६० प्रतिशतले घट्यो, अन्य वित्तीय सूचकहरुमा पनि गिरावट !

Artha Sarokar

१४ माघ २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सरकारी स्वामित्वमा रहेको नेपाल बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको रिपोर्ट सार्वजनिक भएको छ । सार्वजनिक भएको रिपोर्ट अनुसार बैंकको अधिकांश सूचकमा गिरावट आएको छ । बैंकको खुद नाफा १८.६०%ले घटेको छ । गत वर्ष यसैअवधिमा १ अर्ब ६६ करोड १४ लाख ९८ हजार रुपैयाँ कमाएको बैंकले यो वर्ष १ अर्ब ३५ करोड २३ लाख रुपैयाँमा सीमित रहेको छ । पुस मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा ६८ करोड ३७ लाख १९ हजार रुपैयाँ रहेको छ । 
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकोले कारण खुद नाफा घटेको हो । गत वर्ष ३ अर्व १६ करोड ७२ लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष १३.३२%ले घटेर २ अर्व ७४ करोड ५० लाख ७९ हजार रुपैयाँमा खुम्चिएको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ५७ करोड ७८ लाख रुपैयाँ घटेर १ अर्ब ७३ करोड ४६ लाख रुपैयाँमा झरेको छ।
यो पुष मसान्तसम्ममा बैंकले १ खर्व १७ अर्व १२ करोड २८ लाख ७८ हजार रुपैयाँ निक्षेप सङ्कलन गरी ९८ अर्व ४५ करोड ९६ लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्व ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ रहेको छ । बैंकको जगेडा कोष पनि ३१.१९%ले घटेर १३ अर्व ५२ करोड ११ लाख १६ हजार रुपैयाँमा सिमित रहेको छ । गत वर्ष यहि अवधिमा जगेडा कोषमा १९ अर्व ६५ करोड १४ हजार रुपैयाँ रहेको थियो । 
यता, बैंकको खराव कर्जा ०.१४% घटेर २.६६% मा झरेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३ पैसाले घटेर २७ रुपैयाँ ५७ पैसामा आएको छ बैंकको प्रतिसेयर नेटवर्थ २९७ रुपैयाँ ५५ पैसा रहेको विवरणमा उल्लेख भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी