Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बिक्री प्रबन्धकमा एनआईबिएल एस नियुक्त !

अर्थ सरोकार

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँको ८ करोड कित्ता आइपीओ जारी गर्न एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले उक्त क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेकोसँगै आइपीओ जारी गर्ने प्रक्रिया अघि बढ्ने भएको हो । 
आइपीओ निष्कासन सम्झौतापत्रमा बैंकका तर्फबाट नायव महाप्रबन्धक बिनयनाथ न्यौपाने र  क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन्  ।
बैंकको अधिकृत पुँजी ४० अर्व, जारी पुँजी २० अर्व तथा चुक्ता पुँजी १२ अर्व रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २० अर्व रुपैयाँ पुग्नेछ । बैंकले २०७५ फागुन २२ गतेदेखि बैंकिङ कारोबार शुभारम्भ गरेको हो । 
यस बैंकमा सरकारको १०%, बिमा कम्पनीहरुको १८.९७% वाणिज्य बैंकहरुको २०.८९%, निजी तथा सार्वजनिक कम्पनीहरुको ५.१५%, व्यक्तिगत ४.९९% तथा सर्वसाधारणको ४०% स्वामित्व रहनेछ । अनुज अग्रवाल अध्यक्ष रहेको यस बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा अनिल ज्ञवालीले रहेका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK