काठमाडौँ – नेपाल राष्ट्र बैंकका ४ जना कार्यकारी निर्देशकहरु अवकाश पाएका छन् । बुधबारबाट २ कार्यकारी निर्देशकहरुले अवकाश पाएका हुन् भने गत पुष २१ गते २ कार्यकारी निर्देशकहरुले अवकाश पाएका पाइसकेका थिए ।
अवकाश पाउनेमा महेश्वरलाल श्रेष्ठ,लक्ष्मी प्रपन्न निरौला, सुनिल उदाश र सरिता भट्ट अधिकारी रहेका छन् । उदाश र भट्ट अधिकारी भने गत पुस २१ गते नै अवकाश पाएका पाइसकेका थिए ।
सबै कार्यकारी निर्देशकहरुले ३० बर्षे सेवा पुरा गरि अनिवार्य अवकाश पाएका हुन् । यससँगै अब राष्ट्र बैंकमा ४ जना कार्यकारी निर्देशकको पद खालि भएको छ ।