काठमाडौं – नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा.गुणाकर भट्ट नियुक्त भएका छन् । अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका भट्टलाई बैंकले प्रवक्तामा नियुक्त गरेको हो । बुधबार प्रकाशित सूचना अनुसार पुस १६ गतेदेखि नै जिम्मेवारी रहने गरि भट्टलाई प्रवक्तामा नियुक्त गरिएको बैंकले जनाएको छ ।
हालका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला अनिवार्य अवकाशका लागि बिदामा बसेपछि रिक्त पदमा राष्ट्र बैंकले भट्टलाई नियुक्त गरेको हो । उनी अर्थशास्त्रमा विद्यावारिधि हुन्। उनका अनुसन्धान तथा खोजका दर्जनौं प्रतिवेदनहरू प्रकाशित छन्।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्