काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार १८.२६ अंकले बढेर १२००.६९ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७८ कम्पनीको २६ लाख ८३ हजार ७ सय १० कित्ता सेयर १० हजार ७ सय २६ पटक खरिद बिक्री हुँदा ८४ करोड २५ लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार एनआइसी एसिया बैंकको भएको छ । यस बैंकको कुल ८ करोड ४७ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र नेको इन्स्योरेन्सको भएको छ ।
यस्तै, सोमबार व्यापार बाहेक सबै उपसुचक बढेका छन् । जसमा सबैभन्दा धेरै बैंकिङ समुह बढेको छ । बैंकिङ समुह २ दशमलव ४६ प्रतिशतले बढेको हो ।
त्यसैगरी सबैभन्दा धेरै वोमी माइक्रोफाइनान्स र एनएमबि माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नेको इन्स्योरेन्स र नेसनल हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्