![](https://1.bp.blogspot.com/-e5apEaye_1k/XhW-0tTV6OI/AAAAAAABWNA/EdevR3wyFqwTenmHuw-bMvgmGKx-9O4vQCLcBGAsYHQ/s640/Kamanasewa.jpg)
काठमाडौं – कामना सेवा विकास बैंकले ६.८% नगद लाभांश आफ्नो सेयरधनीको बैंक खातामा पठाउन थालेको छ । बैंकले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको पुस २१ गतेबाट खातामा नगद जम्मा गरिदिन थालेको हो ।
यता, बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ । बैंकको पुस १७ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ६.८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।