×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केहि समयको करेक्सनपछि बजारमा पुन: हरियाली, २३.९५ अंकले बढ्यो नेप्से

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

केहि समयको करेक्सनपछि बजारमा पुन: हरियाली, २३.९५ अंकले बढ्यो नेप्से

Artha Sarokar

१३ माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार २३.९५ अंकले बढेर १३००.६२ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८० कम्पनीको २४ लाख ९ हजार २ सय ६२ कित्ता सेयर खरिद बिक्री हुँदा ९१ करोड ७३ लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल ८ करोड १४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश ग्लोबल आइएमइ बैंक र ग्रामिण विकास लघुवित्तको भएको छ ।
यता, सोमबार सबै उपसुचक बढेका छन् । सबैभन्दा बढी कारोबार ब्यापार उपसुचकको भएको छ । व्यापारको ४.४७% कारोबार भएको हो । त्यसैगरी सबैभन्दा धेरै समिट लघुवित्त र नेरुडे लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै जोशी हाइड्रोपावर र युनाइटेड फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी