×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल उड इन्टरनेशनल एक्स्पो सुरु, १० देशका १७३ ब्राण्ड प्रदर्शनीमा ! (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK

नेपाल उड इन्टरनेशनल एक्स्पो सुरु, १० देशका १७३ ब्राण्ड प्रदर्शनीमा ! (भिडियो रिपोर्ट)

१७ माघ २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भृकुटीमण्डपमा छैठौँ नेपाल उड इन्टरनेशनल एक्स्पो र नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो सुरु भएको छ । शुक्रबारबाट सुरु भएको एक्स्पोको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गर्नुभयो । नेपाली उद्यमी र आम नागरिकका लागि केही नयाँ उत्पानसँग परिचित गराउने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजक संस्था मिडिया स्पेस सोलुसन्सका निर्देशक सृजल भट्टराईले बताउनुभयो । मेलामा फर्निचर, काठ औजारका कम्पनी, डिलर, सब डिलर र विक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादन र प्रविधिको विषयमा जानकारी पाउने उहाँले बताउनुभयो । घरमा प्रयोग हुने फर्निचरका सामानदेखि लिएर इन्टेरियर डिजाईन लगायतका विभिन्न उत्पादन प्रदर्शनीमा राखिएका छन् । मेलामा भारत, चीन, अमेरिका इटाली र जर्मनी लगायत विभिन्न १० देशका १७३ ब्राण्ड प्रदर्शनीमा राखिएको उहाँले बताउनुभयो ।
मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट प्रालिको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी आइतबार सम्म चल्ने छ । १५ देखि २० हजारसम्म दर्शकले मेलाको अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ । मेलामा प्रवेश निःशुल्क गरिएको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी