
काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ३.४७ अंकले बढेर ११६९.५० विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७६ कम्पनीको ११ लाख ७५ हजार ३१३ कित्ता सेयर खरिद बिक्री हुँदा ३७ करोड २९ लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार ओरेन्टिअल होटल्सको भएको छ । यस कम्पनीको कुल २ करोड ९५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र तारागाउँ रिजेन्सी होटल्सको भएको छ ।
यस्तै बैंकिङ, विकास बैंक, व्यापार, होटल्स, हाइड्रोपावरम्यानुफ्याक्च एण्ड प्रोडक्सन समूह, म्युचुअल फन्ड र माइक्रोफाइनान्स बढेका छन् भने निर्जीवन बिमा, अन्य, फाइनान्स र जीवन विमा घटेका छन् ।
सोमबार सबैभन्दा धेरै तारागाउँ होटल्स र ओरेन्टिअल होटल्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै गुडविल फाइनान्स र युनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्