
काठमाडौँ – बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएपछि शेयर बाजरमा कारोबार रकमसँगै नेप्से परिसूचक पनि बढेको छ । नेपाल राष्ट्र बैंकले घरजग्गा तथा हायर पर्चेज कर्जामा कडाई गरेको र बैंकमा तरलता बढ्दै जाँदा ब्याजदर घट्न गएकाले शेयर बजारका लगानीकर्ताको मनोबल बढेको छ । त्यसैको सकारात्मक प्रभाव परिसूचक नेप्सेमा परेको विश्लेषकहरु बताउँछन् ।
बैंक तथा वित्तीय क्षेत्रमा तरलता सहज हुँदा ब्याजदर घट्ने र निक्षेपमा भन्दा शेयर बजारबाट बढी प्रतिफल लिन सकिने भएकाले शेयर बजारका परिसूचकहरु बढ्न थाल्छन् । आइतबारको बजारमा त्यस्तै अवस्था देखिएको शेयर विश्लेषकहरुको भनाई छ । केही दिन यता बैंकिङ प्रणालीमा प्रयाप्त तरलता रहेको र बैंकहरुले ब्याजदर घटाउन थालेकाले लगानीकर्ताको मनोबल बढ्न जाँदा शेयरको माग बढ्न गई कारोबार रकमसँगै नेप्से परिसूचक पनि बढेको छ ।
आइतबार ४२ दशमलव ६१ अंकले नेप्से बढेको छ । सेन्सेटिभ परिसूचक पनि ८ दशमलव ४७ अंकले बढेको छ । १ अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९ सय ६७ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका सबै समुहका सूचकहरु बढेका छन् । शेयर विश्लेषक रुक्मागत काफ्ले बजार बढ्नुमा बैंकमा तरलता अधिक हुनु र ब्याजदर घट्दै जानु रहेको बताउनुभयो । त्यस्तै नेपाल राष्ट्र बैंकले घरजग्गा तथा हायरपर्चेज कर्जामा कर चुक्ता भएको आम्दानीको ५० प्रतिशत मात्र किस्ता तिर्न मिल्ने गरी ऋण प्रवाह गर्ने व्यवस्था गरेपछि बैंकहरुले शेयर धितोमा कर्जा बढाउँदा लगानी बढ्न गई नेप्सेमा सकारात्मक प्रभाव परेको उहाँले बताउनुभयो ।
त्यस्तै शेयर विश्लेषक सन्तोश बजगाईंले बैंकमा तरलता बढ्दै जानु र ब्याजदर कम हुन एउटा कारण भएपनि बैंक तथा वित्तीय संस्थाहरुले नगद लाभांश तत्काल लगानीकर्ताको खातामा पठाउँदा शेयर बजारमा लगानी बढेको बताउनु भयो ।
पछिल्लो समय शेयर बजारका लगानीकर्ताले नरुचाएका अर्थमन्त्री राष्ट्रिय सभाबाट बाहिरिने निश्चित भएपछि लगानीकर्ताले कारोबार बढाएका थिए । त्यसै बेला शेयर बजारलाई सकारत्मक प्रभाव पर्ने गरी राष्ट्र बैंकको नीतिहरु आउनुले लगानीकर्ताको मनोबल बढेको विश्लेषकहरुको भनाई छ । बजारमा उच्च वृद्धि हुँदा आइतबार सबैभन्दा बढी कारोबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ५ करोड ८८ लाख रुपैयाँको भएको छ । त्यस्तै ५ वटा कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । त्यस्तै झण्डै १० कम्पनीका शेयरधनीले करिब १० प्रतिशतले कमाएका छन् । बजारमा उच्च वृद्धि हुँदा समेत माउण्टेन हाइड्रो, सिनर्जी पावर डेभलोपमेन्ट लगायतका कम्पनीका शेयरधनीले भने गुमाएका छन् । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्