काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार १६.२३ अंकले बढेर १२१६.९२ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७९ कम्पनीको ३८ लाख ८० हजार ९ सय ५० कित्ता सेयर १२ हजार ४ सय ५७ पटक खरिद बिक्री हुँदा १ अर्व १० करोड माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार माछापुच्छ्रे बैंकको भएको छ । यस बैंकको कुल १९ करोड ४९ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश एनआईसी एसिया बैंक र प्रभु बैंकको भएको छ ।
यस्तै, मंगलबार होटल्स र म्यान्युफ्याक्चर एण्ड प्रोडक्सन समुह घटेका छन् भने अरु सबै उपसुचक बढेका छन् । जसमा सबैभन्दा धेरै निर्जिवन बिमा समुह बढेको छ । निर्जिवन बिमा समुह १ दशमलव ८९ प्रतिशतले बढेको हो ।
त्यसैगरी सबैभन्दा धेरै सिभिल लघुवित्त र वोमी माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै बोटलर्स नेपाल (तराई) र नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्