×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार १६.०९ अंकले बढ्यो नेप्से, ७१ करोड २३ लाख माथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आइतबार १६.०९ अंकले बढ्यो नेप्से, ७१ करोड २३ लाख माथिको कारोबार

Artha Sarokar

२० पुष २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहीबारको तुलनामा बजार १६.०९ अंकले बढेर ११८२.३१ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७३ कम्पनीको २० लाख ८२ हजार ७ सय १८ कित्ता सेयर  ९ हजार २ सय ९५ पटक खरिद बिक्री हुँदा ७१ करोड २३ लाख माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार शिवम सिमेन्सको भएको छ । यस कम्पनीको कुल ५ करोड  ६२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश एनआइसी एसिया बैंक र ग्रामिण विकास लघुवित्तको भएको छ ।
यस्तै आइतबार सबै उपसुचक बढेका छन् । जसमा सबैभन्दा धेरै बैंकिङ समुह बढेको छ ।  बैंकिङ समुह १ दशमलव ६१ प्रतिशतले बढेको हो । 
त्यसैगरी सबैभन्दा धेरै वोमी लघुवित्त,  ग्रामिण विकास लघुवित्त र श्री राम सुगर मिल्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी