×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार बुलिस ट्रेन्डमा : ३३.४३ अंकले बढेको नेप्से १३४३.६५ विन्दुमा

PRIME CA

सेयर बजार बुलिस ट्रेन्डमा : ३३.४३ अंकले बढेको नेप्से १३४३.६५ विन्दुमा

५ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ३३.४३ अंकले बढेर १३४३.६५ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७८ कम्पनीको ६१ लाख ३१ हजार ८ सय १८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ९ करोड माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको कुल १२ करोड १५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश शिभम् सिमेन्टस् र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ ।
यस्तै, आइतबार व्यापार उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ । जसमा सबैभन्दा धेरै निर्जीवन वीमा समुह बढेको छ । निर्जीवन वीमा समुहको ६ दशमलव ४५ प्रतिशतले बढेको हो ।
त्यसैगरी सबैभन्दा धेरै लक्ष्मी इक्युटि फण्ड र प्राइम लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै स्वाभिमान लघुवित्त र कालिका पावरका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: