×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित, नाफा ५८.४४% बढ्दा कर्जा लगानी ५ अर्ब…

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

नेरुडे लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित, नाफा ५८.४४% बढ्दा कर्जा लगानी ५ अर्ब…

काठमाडौँ – नेरुडे लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले यस अवधिमा आउदा अधिकांश सूचकहरु उत्साहजनक रहेको  वित्तीय विवरण प्रकाशित  गरेको हो ।
नेरुडेले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ५ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा ५८.४४% ले बढेको हो । गत वर्षको यसै अवधिको यसै अवधिमा  ३ करोड ८१ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यस्तै पुस मसान्तसम्म २ अर्ब १४ रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ३१ करोड कर्जा लगानी गर्न सफल भएको पनि वित्तीय विवरणमा उल्लेख छ । साथै खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः २२.३३% र ६०.०४% ले बढेको छ ।
हाल यसको चुक्ता पुँजी ३९ करोड ७६ लाख रुपैयाँ छ भने जगेडा कोषमा भने ४६ करोड ३४ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४३ पैसा (वार्षिक) रहेको र प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ५५ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: