
काठमाडौँ । एनआइसी एशिया बैंकको सप्तरी राज बिराजस्थिति शाखामा बम भेटिएको छ । अज्ञात समूहले बैंकमा मङ्गलबार बिहान राखेको बम नेपाली सेनाको टोलीले निस्कृय पारेको छ । बैंक खुल्नेबित्तिकै कार्यालयको भर्यांङमा बम भेटिएपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे जानकारी पाएपछि घटनास्थलमा पुगेको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको प्रहरीको भनाइ छ । राजविराजस्थित नेपाली सेनाको भिमदल गणको बम डिस्पोजल टोलीले बम निस्कृय पारेको हो । विस्फोटले केही क्षति भएको छैन। यद्यपी बम राखिएपछि त्यहाँ त्रास फैलिएको थियो । बैंकका कर्मचारीहरु दिनभर जसो नै भयवित भएका थिए भने २ घण्टासम्म बजारमा यातायातसमेत प्रभावित भएको थियो ।
यता प्रहरीले भने बम डिस्पोज गरिसकेको र हाल स्थिति सामान्य रहेको बताएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्