×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकका ग्राहकले तिनाउ इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा १०% देखि १५% सम्मको छुट पाउने !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआईसी एशिया बैंकका ग्राहकले तिनाउ इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा १०% देखि १५% सम्मको छुट पाउने !

१८ पुष २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेड र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. बुटवल, बिच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकहरु र कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सम्पूर्ण ग्राहकहरुलाई विभिन्न सेवा सुविधाहरुमा १०% देखि १५% सम्मको छुट प्रदान गर्ने भएको छ । 
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं. ५ को यस बैंकको प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक बिमल प्रसाद श्रेष्ठले हस्ताक्षर गर्नुभयो । 
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: