
काठमाडौं । नेपाल निर्यात परिषद्ले पुष २२ गते निर्यात दिवस मनाउने भएको छ । परिषद्ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी पुष २२ गते ‘चौथो निर्यात दिवस – २०७६’ मनाउने जानकारी दिएको हो । निर्यात दिवसले व्यवसायीक समस्या समाधानका लागि ऐकबद्धता कायम गर्ने, आयातमुखि बजारलाई निर्यातमुखि बनाउन सहयोग गर्ने लगायतका उद्देश्य राखेको परिषद्का अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बैंक ब्याजदर उच्च हुनु, उत्पादन लागत बढ्दै जानु र कर प्रणालीमा अझै पनि समस्या रहनुले उत्पादन बढन् नसक्दा निर्यात न्यून रहेको बताउनुभयो । निर्यात दिवसले निर्यातमा हुने समस्याहरु सम्बन्धमा सरकारको ध्यानाकर्षण गर्न सहयोग पुर्याउने समेत उहाँले बताउनुभयो ।
निर्यात दिवस नेपाल निर्यात परिषद्को आयोजना, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग र नेपाल हस्तकला महासंघको सह आयोजनामा मनाउन लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । हेर्नुहोस् भिडियो:
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्