×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएलजी इन्स्योरेन्सले ६०% हकप्रद सेयर जारी गर्दै, कहिले हुँदैछ बुकक्लोज ?

PRIME CA
GLOBAL IME BANK

एनएलजी इन्स्योरेन्सले ६०% हकप्रद सेयर जारी गर्दै, कहिले हुँदैछ बुकक्लोज ?

१४ माघ २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – एनएलजी इन्स्योरेन्सले ६०% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त सेयर जारी गर्न  माघ २७ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा बुक क्लोज गर्ने निर्णय गरेको हो । यस अनुसार कम्पनीको माघ २६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । 
कम्पनीले धितोपत्र बोडबाट १०ः६ अनुपातमा ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पनि पाइसकेको छ । अब छिट्टै यसले हकप्रद बिक्री खुला गर्नेछ । यो हकप्रदमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गर्नेछ । एनएलजी हकप्रदको रेटिङ पनि गराइसकेको छ । इक्रा नेपालले यस हकप्रदलार्ई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । हाल एनएलजीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट ६०ट्ट हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रदपछि पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: