काठमाडौँ – एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा १ करोड ३ लाख रुपैयाँमात्र खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ८७ लाख रुपैयाँले बढाएको हो । लघुवित्तको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ६० पैसा पुगेको छ । जुन आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ३३ रुपैयाँ ८६ पैसाले वृद्धि भएको छ ।
लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्नुका साथै खराब कर्जा उठाउन सफल भएका कारण खुद नाफा बढेको हो । यस अवधिमा लघुवित्तले १३ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ४ करोड ८१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन र २ अर्ब ४७ करोड रुपैयाँ बराबरको सापटीमार्फत ३ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तको चुक्ता पूँजी १६ करोड २० लाख रुपैयाँबाट बढेर २१ करोड ६ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष ९ करोड ७० लाख रुपैयाँबाट बढेर १७ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।
एनएमबि बैंकको ८ करोड २६ लाख रुपैयाँ लगानी रहेको लघुवित्तले यस अवधिमा खराब कर्जा २.८९ प्रतिशतबाट २.८२ प्रतिशतमा झार्न सफल भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ५२ पैसा र मूल्य आम्दानी अनुपात १७.१७ गुणा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्