×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली नोटसहित कलङ्कीबाट दुई पक्राउ

GLOBAL IME BANK

नक्कली नोटसहित कलङ्कीबाट दुई पक्राउ

५ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको नेपाल प्रहरीको टोलीले आइतबार दुईजनालाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा बाराका २७ वर्षीय अनुश थापामगर र २२ वर्षीय रवि आलेमगर रहेका छन् । प्रहरीले दुवै जनालाई एक हजार दरका ३१ थान नक्कली नोटसहित कलङ्की चोकबाट पक्राउ गरेको  हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको जानकारी दिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: