Skip to content
LAXMI SUNRISE BANK

फेसबुक, युट्युव र इन्स्टामा बुस्ट गरे कारबाही गर्ने नेपाल राष्ट्र बैंकको निर्णय, के हुन्छ कारबाही ? (सूचनासहित)

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत डलर बुस्ट गरे कारवाही गर्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै कारवाही गरिने जानकारी गराएको हो । 
नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनामा ‘फेसबुक, ट्विटर, युट्युव जस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापन वापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानूनी हो’ भनिएको छ ।
‘यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ र प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।’ उक्त सूचनामा उल्लेख छ ।
यस्तो कार्यमा संलग्न भएको पाइए तीन गुणासम्म बिगो वा जरिवाना लाग्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख बमबहादुर मिश्रले दिएको जानकारी अनुसार अनौपचारिक माध्यमबाट विदेशिने मुद्रालाई व्यवस्थित गर्न यस्तो व्यवस्था गरिएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK