×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नयाँ नेपाल लघुवित्तको खुद नाफा ४२५.६०% ले वृद्धि, जगेडा कोषमा कति ?

काठमाडौं – नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले १ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । संस्थाको यो नाफा गत वर्षको भन्दा ४२५.६०% धेरै हो । गत वर्ष यही त्रैमासमा नयाँ नेपालले २५ लाख २३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
यस्तै यो अवधिसम्म आइपुग्दा जगेडा कोषमा ३ करोड ४९ लाख रुपैयाँ जम्मा गरेको छ भने चुक्ता पुँजी १० करोड ८ लाख रुपैयाँ रहेको छ । १९ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरेको यस कम्पनीले १ अर्ब १२ करोड ५२ लाख रुपैयाँ लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ । 
वित्तीय विवरण अनुसार संस्थाको खुद ब्याज आम्दानी १०१.६४% ले बढेको छ । गत वर्ष संस्थाको खुद ब्याज आम्दानी १ करोड ४७ लाख ५९ हजार रुपैयाँ रहेको थियो । यो अवधिसम्म आउदा उक्त सूचक बढाएर २ करोड ९७ लाख ६१ हजार रुपैयाँ पुर्याउन सफल भएको हो । त्यस्तै सञ्चालन नाफा पनि ६ लाख ४३ हजार रुपैयाँबाट वृद्धि गरेर १ करोड ९३ लाख ८१ हजार रुपैयाँ पुर्याएको छ । 
संस्थाको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३२ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ६६ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: