Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकको नयाँ शाखा रसुवाको केन्जिङ्गमा, शाखा सञ्जाल २०६ पुग्यो

अर्थ सरोकार

केन्जिङ्ग

काठमाडौं – प्रभु बैंकले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा बिहीबारदेखि रसुवाको लाङटाङ–केन्जिङ्गमा २०६औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन गोसाइकुण्ड गाउँपालिकास्थित केन्जिङ्ग गुम्बाका प्रमुख लामा साङगे लामाले गरेका हुन् ।
लाङटाङ शाखा कार्यालयको उद्घाटन गर्दै साङगे लामाले प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा आधुनिक बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।
बैंकको उक्त शाखा कार्यालयबाट यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्धी भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा लाङटाङ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK