×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फोटो पुस्तक ‘नेपाल दर्शन २०२०’ सार्वजनिक,नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्य ! (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

फोटो पुस्तक ‘नेपाल दर्शन २०२०’ सार्वजनिक,नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्य ! (भिडियो रिपोर्ट)

७ माघ २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो पत्रकार समुहले फोटो पुस्तक ‘नेपाल दर्शन २०२०’ सार्वजनिक गरेको छ । फोटो पत्रकार समुहले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी पुस्तक सार्वजनिक गरेको हो । नेपाल भ्रमण वर्षको प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रकाशित गरिएको यो पुस्तकमा नेपालको संस्कृति तथा पर्यटकीय क्षेत्रहरुसँग सम्बन्धित फोटोहरु समावेस गरिएको छ । पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगश भट्टराईले नेपाल किन घुम्न जाने भन्ने प्रश्नको जवाफ यो पुस्तकले दिने बताउनुभयो । 
मन्त्री भट्टराईले पर्यटकहरुलाई नेपालको कुन ठाउँ घुम्न जाने भन्ने निर्णय लिन समेत पुस्तकले सहयोग  पुर्याउने बताउनुभयो । मन्त्री भट्टराईले २०२० लाई आधार वर्ष मान्दै २०३० नेपाल भ्रमण वर्षको एक दशकको अभियान सञ्चालन गर्न लागिएकोले यो पुस्तकको महत्व झन बढी हुने बताउनुभयो । 
फोटो पुस्तक ‘नेपाल दर्शन २०२०’ मा सातै प्रदेशका फोटोपत्रकार तथा फोटोग्राफरहरुमार्फत लिइएका उत्कृष्ट फोटोहरु समावेस छन् । कार्यक्रममा उत्कृष्ट भएका फोटोपत्रकार तथा फोटोग्राफरहरुलाई पुरस्कृत समेत गरिएको थियो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: