×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ग्लोबल आइएमई बैंक फोटो प्रतियोगिता २०७५’ का उत्कृष्ट फोटो सार्वजनिक ! (भिडियो रिपोर्ट)

PRIME CA

‘ग्लोबल आइएमई बैंक फोटो प्रतियोगिता २०७५’ का उत्कृष्ट फोटो सार्वजनिक ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार

२१ पुष २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ‘ग्लोबल आइएमई बैंक फोटो प्रतियोगिता २०७५’ बाट उत्कृष्ट छानिएका फोटोहरुको पुस्तक सार्वजनिक गरिएको छ । फोटो पत्रकार क्लब नेपालले ‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट – ५’ नाम दिइएको उक्त पुस्तक आइतबार काठमाडौंमा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो । पुस्तकमा ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ बाट उत्कृष्ट छानिएका फोटोहरु समावेस गरिएको छ । त्यस्तै कल्बले ‘नेपाल फोटो कन्टेस्ट २०७६’ को घोषणा समेत गरेको छ । कार्यक्रममा ग्लोबल आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफुले खिचेको फोटो अपलोड गरी प्रतियोगिताको उद्घाटन गर्नुभयो । फोटो पुस्तकले भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा सहयोग पुर्याउने विश्वास समेत गरिएको छ । 
कार्यक्रममा क्लबका अध्यक्ष विकास कार्कीले कुनैपनि नेपालीले नेपाल भित्रै खिचेको फोटो अपलोड गरेर सहभागिता जनाउन सकिने बताउनुभयो । अध्यक्ष कार्कीले प्रतिस्पर्धिले आफुले खिचेको फोटो क्लबको आधिकारीक साइट ‘एनपीसी डट फोटो नेपाल डट ट्राभल’ मा अपलोड गर्न सकिने बताउनुभयो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट हुनेले एक लाख रुपैयाँ पुरस्कार जित्ने र अन्य तीन उत्कृष्टलाई ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको समेत उहाँले जानकारी दिनुभयो । हेर्नुहोस् भिडियो:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: