×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको वैदेशिक रोजगारी कर्जा योजना सञ्चालनमा, अब विदेशबाटै नेपालमा ऋण तिर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रभु बैंकको वैदेशिक रोजगारी कर्जा योजना सञ्चालनमा, अब विदेशबाटै नेपालमा ऋण तिर्न सकिने

Artha Sarokar

१६ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – अब प्रदेश नं. २ का प्रवासी कामदारले विदेशबाटै ऋण तिर्न सक्ने भएका छन् । प्रभु बैंकले ल्याएको वैदेशिक रोजगारी कर्जा योजना अन्तर्गत उक्त प्रदेशका पाँच वटा जिल्लाका वैदेशिक रोजगारीमा गएका कामदारहरुले सो सुविधा पाउने भएका हुन् ।
बैंकले प्रदेश न. २ का बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाही गरी ५ जिल्लाका प्रवासी कामदारहरलाई लक्षित गरी उक्त नयाँ प्रडक्ट सञ्चालनमा ल्याएको हो । वैदेशिक रोजगारी कर्जा योजना सीप युके एड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो ।
प्रवासी कामदार र उनीहरुको परिवारको वित्तीय पहूँच अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालित युके एडको परियोजना अन्तर्गत सीप सञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदार र काम गर्न जान चाहने व्यक्ति एवं तिनको परिवारले यसबाट अधिकतम् लाभ लिन सक्ने बैंकको विश्वास छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी