Skip to content
LAXMI SUNRISE BANK

बीमा बहस- ६ : बरु ‘सो कल्ड एजुकेटेड’हरु बीमा गर्दैनन्, गाउँ-बस्तीमा बीमाको राम्रो बजार छ’ (भिडियो अन्तर्वार्ता)

अर्थ सरोकार

आजका कार्यक्रमका अतिथि मनोज कुमार भट्टराई 
मनोज कुमार भट्टराइ । अर्थात हाल प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ! बीमा र बैंकिङ क्षेत्रमा गरेर झण्डै तीन दशककाे कार्याअनुभव बटुलीसकेका भट्टराइसँग आजको अंकमा हामीले बीमा क्षेत्रका विभिन्न आयामहरुबारे चर्चा-परिचर्चा गरेका छौँ । त्रिभुवन विश्वविद्यालयबाट एमबिए अध्ययन गरेका भट्टराइ सन् २०१४ देखि निरन्तर रुपमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । 
बीमा बहसका बारेमा 
नेपालमा आर्थिक मिडियाको संख्या दिनानुदिन बढिरहेका छन् । ‘बीमा’लाई नै मुख्य बिट बनाएर संचालनमा आएका सञ्चारमाध्यम पनि छन् । तर टेलिभिजन बहस वा नेटवर्कमा आधारित रेडियो बहसमा बीमा सम्बन्धि खास कार्यक्रम छैनन् नेपालमा । त्यहि अभावलाई केहि हदसम्म भएपनि न्याय गर्न सकिन्छ भन्ने प्रयासका साथ हामी आएका छौँ । अर्थ सरोकार डटकमले उत्पादन गर्ने यो कार्यक्रममा प्रस्तुत भएको अन्तर्वार्ता देशभरका १३० बढी रेडियोहरुबाट बज्ने आर्थिक रेडियो कार्यक्रम ‘अर्थ सरोकार’मार्फत पनि प्रशारण हुन्छ भने देशभरका विभिन्न स्थानीय टेलिभिजनबाटसमेत यो कार्यक्रम प्रशारण हुन्छ । कार्यक्रमको प्रशारण पहुँचलाई अझ बिकास गर्न हामी निरन्तर प्रयत्नरत छौँ । यो कार्यक्रममा कार्यक्रम प्रस्तोताका रुपमा अर्थ सरोकार डटकमका सम्पादक सुरज प्याकुरेल रहनेछन् भने रेखा चन्द बहसकर्ताका रुपमा रहनेछिन् । 
प्रस्तुत छ प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईसँग गरिएको ‘बीमाबहस’को पहिलो भाग :

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK