
काठमाडौँ । ‘अर्थ सरोकार रेडियो कार्यक्रम देशका सातै प्रदेशका ७७ वटै जिल्लामा प्रशारण गर्न सफल अर्थ सरोकार डटकमले आफ्नो सामाजिक उत्तरदायित्वको प्रोजेक्ट ‘आर्थिक सचेतनाका लागि रेडियो अभियान’ अन्तर्गत आफ्नै रेडियो ‘रेडियो अर्थ सरोकार’ प्रशारणमा ल्याएको छ । जनवरी १ अर्थात नयाँ बर्षको अवसर पारेर रेडियो अर्थ सरोकारले परिक्षण प्रशारण सुरु गरेको हो । रेडियोले केहिदिनमै औपचारिक प्रशारण आरम्भ गर्ने अर्थ सरोकार सञ्चालक कम्पनीको भनाइ छ ।
रेडियो अर्थ सरोकारले उत्पादन गरेका विभिन्न कार्यक्रम देशभरका १३० बढी रेडियोहरुबाट प्रशारण हुन्छ । बैंकिङ, अटो, बीमा, पर्यटन लगायतका आर्थिक क्षेत्रसँग सम्बन्धित कार्यक्रम उत्पादन तथा प्रशारण गर्ने यो रेडियो हाम्रो पात्रो, सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो,लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरुमा समेत उपलब्ध छ भने यसको प्रशारण पहुँच विस्तार गर्ने काम भइरहेको छ ।
रेडियोको अनलाइन संस्करण रेडियो डट अर्थ सरोकार डटकममा प्रशारण हुन्छ । रेडियोमा बीमा बहस, अर्थ सरोकार, बैंकिङ बहस, पर्यटन सरोकार, दैनिक आर्थिक समाचार बुलेटिन लगायतका कार्यक्रमहरु प्रशारण हुन्छ भने २४ सै घण्टा वित्तीय साक्षरताका सन्देशहरु पनि प्रशारण हुन्छ ।
‘आर्थिक पत्रकारितामा यो हाम्रो नयाँ अध्याय हो । नेपाली आर्थिक रेडियोमा हामी नम्बर १ बन्ने लक्ष लिएर अगाडी बढेका छौँ ।’ रेडियोकि संयोजक मुना तामाङले भनिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्