Skip to content
LAXMI SUNRISE BANK

केन्द्रीय बैंकले १० करोड ४८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने (सूचनासहित)

अर्थ सरोकार

काठमाडौँ – केन्द्रीय बैंकले १० करोड ४८ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । राष्ट्र बैंकले १ वर्षे अवधिको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा सो रकम राख्न लागेको हो । 
सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ८ करोड ३८ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा १ करोड ५८ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ५२ लाख रुपैयाँ लगानी गर्नेछ । 
यस्तै २०७६ फागुन १ गतेदेखि २०७७ फागुन १ गतेसम्मका लागि मुद्दती निक्षेप राख्ने पनि राष्ट्र बैंकले जनाएको छ । साथै राष्ट्र बैंकले निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी माघ १७ गतेसम्ममा बोलकबोल पेश गनुपर्नेछ। 
ब्याज भने मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुका लागि राष्ट्र बैंकले शर्तहरु पनि जारी गरेको छ । 
हेर्नुहोस् राष्ट्र बैंकले सार्वजनिक गरेको सूचना जस्ताको तस्तै :
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK