×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केन्द्रीय बैंकले १० करोड ४८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने (सूचनासहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

केन्द्रीय बैंकले १० करोड ४८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने (सूचनासहित)

Artha Sarokar

१५ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – केन्द्रीय बैंकले १० करोड ४८ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । राष्ट्र बैंकले १ वर्षे अवधिको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा सो रकम राख्न लागेको हो । 
सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ८ करोड ३८ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा १ करोड ५८ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ५२ लाख रुपैयाँ लगानी गर्नेछ । 
यस्तै २०७६ फागुन १ गतेदेखि २०७७ फागुन १ गतेसम्मका लागि मुद्दती निक्षेप राख्ने पनि राष्ट्र बैंकले जनाएको छ । साथै राष्ट्र बैंकले निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी माघ १७ गतेसम्ममा बोलकबोल पेश गनुपर्नेछ। 
ब्याज भने मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुका लागि राष्ट्र बैंकले शर्तहरु पनि जारी गरेको छ । 
हेर्नुहोस् राष्ट्र बैंकले सार्वजनिक गरेको सूचना जस्ताको तस्तै :
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी