×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार बढ्ने अर्को आधार: नेपाल राष्ट्र बैंक भन्छ, ‘अव तरलता सहज भयो…’ (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सेयर बजार बढ्ने अर्को आधार: नेपाल राष्ट्र बैंक भन्छ, ‘अव तरलता सहज भयो…’ (भिडियो रिपोर्ट)

Artha Sarokar

२३ पुष २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको छ । पुष १ गते यता बैंकिङ प्रणालीमा २७ अर्ब ९६ करोड रुपैयाँले निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले बैंक तथा वित्तीय क्षेत्रमा ३३ खर्ब रुपैयाँ भन्दा बढी निक्षेप पुगेको छ ।

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरु निक्षेप संकलनमा भन्दा कर्जा लगानीमा बढी आक्रामक देखिएका छन् ।  राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता भट्टले निक्षेप भन्दा कर्जा लगानी केही बढी भएपनि वित्तीय प्रणालीमा प्रयाप्त तरलता रहेको बताउनुभयो ।

बुधबार बैंक तथा वित्तीय संस्थाहरुमा ४६ अर्ब रुपैयाँ तरलता रहेको छ । त्यस्तै बैंकहरुको कर्जा–पूँजी–निक्षेप अनुपात (सिसिडी) रेसियो ७८ प्रतिशत रहेको प्रवक्ता भट्टले जानकारी दिनुभयो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी