×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय व्यापार संघको अध्यक्षमा कमल अग्रवाल चयन ! ( भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : २५ पुष २०७६, शुक्रबार

PRIME CA

राष्ट्रिय व्यापार संघको अध्यक्षमा कमल अग्रवाल चयन ! ( भिडियो रिपोर्ट)

काठमाडौं । साना तथा मझौला व्यवसायीहरुको संगठन राष्ट्रिय व्यापार संघको अध्यक्षमा कमल अग्रवाल चयन हुनु भएको छ । संघको १५ औं वार्षिक साधारण सभा तथा आठौं महाधिवेशनबाट अग्रवाल सहित १९ जना कार्यसमिति सर्वसम्मतले चयन भएको हो । नव नियुक्त अध्यक्ष अग्रवालले आफुले साना तथा मझौला व्यवसायीहरुको हितमा काम गर्ने बताउनुभयो । उहाँले सरकारले नीति निर्माण गर्दा ठुला उद्योगी तथा व्यवसायीहरुसँग रायसुझाव लिने तर आफुहरुलाई जानकारी नहुने अवस्थाको अन्त्य गर्न आफु लागिपर्ने समेत बताउनुभयो । पछिल्लो समय मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) कार्यान्वयन गर्ने अवस्थामा पनि त्यस्तै समस्या आएको बताउँदै संघले व्यवसायीहरुको हितमा सरकारसँग समन्वय गरी काम गर्ने बताउनुभयो ।
२०६१ सालमा स्थापित भएको संघमा काठमाडौंको न्युरोड आसपासमा रहेका करिब ८ सय जना व्यवसायीहरु आवद्ध रहेका छन् । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: