काठमाडौं – सानिमा बैंकले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा १ अर्ब १४ करोड ७४ लाख ६५ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १६.८३% धेरै हो । गत वर्ष यसैअवधिमा बैंकले ९८ करोड २० लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ९५ करोड ९ लाख २२ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमश : १३.५४% र १६.५०% ले बढेको छ । गत वर्ष १ अर्व ९० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष बढाएर २ अर्व रुपैयाँ पुर्याएको छ। यता, सञ्चालन नाफा २३ करोड बढेर १ अर्ब ६२ करोड ३७ लाख पुगेको छ ।
यो पुस मसान्तसम्ममा बैंकले ९९ अर्ब ३० करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ८८ अर्ब ७१ करोड रुपैयाँ कर्जा तथा लगानी गरेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, बैंकको जगेडा कोष २ अर्ब ४२ करोड २ लाख र रिटेन्ड अर्निङ्ग १ अर्ब १ करोड ७९ लाख रहेको छ।
यता, बैंकको पूँजीकोष अनुपात १२.७८ प्रतिशत, कर्जा–निक्षेप अनुपात ७८.२५ प्रतिशत छ । यस्तै, आधार दर ९.२९ प्रतिशत र व्याज अन्तर (स्प्रेड) दर ५.०४ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी १ रुपैयाँ ५३ पैसाले बढेर २६ रुपैयाँ १५ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १३९ रुपैयाँ ०६ पैसा रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्