
यस्तै, बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमश : १३.५४% र १६.५०% ले बढेको छ । गत वर्ष १ अर्व ९० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष बढाएर २ अर्व रुपैयाँ पुर्याएको छ। यता, सञ्चालन नाफा २३ करोड बढेर १ अर्ब ६२ करोड ३७ लाख पुगेको छ ।
यो पुस मसान्तसम्ममा बैंकले ९९ अर्ब ३० करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ८८ अर्ब ७१ करोड रुपैयाँ कर्जा तथा लगानी गरेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, बैंकको जगेडा कोष २ अर्ब ४२ करोड २ लाख र रिटेन्ड अर्निङ्ग १ अर्ब १ करोड ७९ लाख रहेको छ।
यता, बैंकको पूँजीकोष अनुपात १२.७८ प्रतिशत, कर्जा–निक्षेप अनुपात ७८.२५ प्रतिशत छ । यस्तै, आधार दर ९.२९ प्रतिशत र व्याज अन्तर (स्प्रेड) दर ५.०४ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी १ रुपैयाँ ५३ पैसाले बढेर २६ रुपैयाँ १५ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १३९ रुपैयाँ ०६ पैसा रहेको छ।