काठमाडौं – सानिमा बैंकले ४० लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डसंग अनुमति मागेको हो । बैंकले जारी गर्ने ऋणपत्रमध्ये १६ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी २४ लाख कित्ता संघसंस्थालाई बिक्री गरिनेछ ।
बैंकले १० वर्ष अवधिको सानिमा बैंक लिमिटेड डिबेन्चर–२०८६ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यपिटलले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । इक्रा नेपालले यो ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्