×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकका २ संस्थापक सेयरधनीले २२ हजार १८७ कित्ता सेयर बिक्री गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सांग्रिला डेभलपमेन्ट बैंकका २ संस्थापक सेयरधनीले २२ हजार १८७ कित्ता सेयर बिक्री गर्दै

८ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले २२ हजार १८७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका २ जना संस्थापक सेयरधनीले आफ्नो सेयर बिक्री गर्ने भएका हुन् । उक्त सेयर बिक्रि गर्नका लागि दुई जना संस्थापकले बैंकमा निवेदन दिएका छन् । संस्थापक सेयरधनी मधुसुदन शर्माले २० हजार कित्ता र अनुप थापाले २ हजार १८७ कित्ता संस्थापक सेयर बेच्न बैंकसँग अनुमति मागेका हुन् । यस निवदेनसँगै बैंकले बिक्री प्रक्रिया अघि बढाएको छ ।
यो देयर बिक्रि खुल्ला हुँदा पहिले बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । संस्थापक सेयर खरिद गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको रजिष्टर्ड कार्यालयमा आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ । यो नियामकीय प्रावधान पनि हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी