काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४ कम्पनीको ३८ लाख ४६ हजार ६८९.७१ कित्ता सेयर सूचिकृत भएको छ । आइतबारको कारोबारमा मुक्तिनाथ विकास बैंक, छिमेक लघुवित्त वित्तीय संस्था, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर नेप्सेमा सूचिकृत भएको हो।
सबैभन्दा धेरै छिमेक लघुवित्तको १८ लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ भने फस्ट माइक्रोफाइनान्सको ११ लाख ६३ हजार ४६९.४६ कित्ता र नाडेप लघुवित्तको ४ लाख ८० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
यता, मुक्तिनाथ विकास बैंकको ४ लाख ३ हजार २२०.२५ कित्ता हकप्रद सेयर सुचिकृत भएको छ । यी ४ वटै कम्पनीको सेयर कारोबार सोमबारदेखि गर्न सकिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्