
काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ४२.६१ अंकले बढेर १२५५.७२ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७९ कम्पनीको ३८ लाख ३१ हजार ५४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ३३ करोडमाथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल ५ करोड ८८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश ग्रामिण विकास लघुवित्त र एनआइसी एसिया बैंकको भएको छ ।
यस्तै, आइतबार सबै उपसुचक बढेको छ । जसमा सबैभन्दा धेरै निर्जिवन बिमा समुह बढेको छ । निर्जिवन बिमा समुह ८ दशमलव १७ प्रतिशतले बढेको हो ।
त्यसैगरी सबैभन्दा धेरै प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै माउन्टेन हाइड्रो र सिनर्जी पावरका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्