×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डा.शिवमाया तुम्बाहाङ्फेद्वारा उपसभामुख पदबाट राजीनामा दिने संकेत !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

डा.शिवमाया तुम्बाहाङ्फेद्वारा उपसभामुख पदबाट राजीनामा दिने संकेत !

६ माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजिनामा दिने संकेत गर्नुभएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उपसभामुख तुम्बाहाङ्फेले आफुले राजिनामा दिने संकेत गर्नुभएको हो । उहाँले भन्नुभयो “प्रतिनिधिसभामा बहुमत प्राप्त दलले प्रतिनिधिसभामा नेतृत्वको दावा गरेको अवस्थामा सहजिकरणका लागि मैले मार्गप्रसस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदन समक्ष निवेदन गर्न चाहन्छु । ”
उहाँले घुमाउरो शैलीमा संविधानको मर्म अनुसार नै आफुले सभामुखका पदका लागि दाबी गरेको र त्यसबारे शिर्ष तहमा कुरा राखेको र त्यो अस्वभाविक नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो “मैले मेरा धारणाहरु संम्बन्धित निकायमा प्रस्तुत गरेकी हुँ । मेरा यी धारणाहरु कुनै अस्वभाविक महत्वकाक्षा या र अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरामा म दृढ छु । यस सम्बन्धि विभिन्न प्रतिक्रियाहरु मैले नजिकबाट नियालिरहेकी छु । समयले यसबारेमा बस्तुनिष्ठ मुल्यांकन गर्नेछ भन्ने मेरो विश्वास छ । ”
अन्यौलपूर्ण अवस्थामा उपसभामुख पद रिक्त गरेर नहुने भएकाले आफुले भने अनुसार नै मार्गप्रसस्त गर्न लागेको पनि उहाँले उल्लेख गर्नुभयो “एउटा अप्रत्यासित र अस्वभाविक परिस्थितिका कारण विगत केही समय देखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहदै आएको व्यहोरा यहाँहरुलाई अवगत नै छ । सार्वभौम संसदको महत्वपुर्ण अंग प्रतिनिधिसभा लामो समय सभामुख विहिन हुदा उत्पन्न जटिलता र यसले श्रृजना गरेका समस्याका बारेमा पनि हामी सबै जानकार नै छौ । यस्तो स्थिति अव कायम रहनु हुदैन ।सभामुख चयनको ठोस आधार तय भएपछि आफुले मार्गप्रसस्त गर्ने भनेर आफुले राख्दै आएका मान्यता संमानित सदन समक्ष अभिलेखित गराउन चाहन्छु । ”
उहाँले संविधानमा लेखिएका कुरालाई व्यवहारमा उतार्ने काम नभएको प्रति गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “समावेशी लोकतन्त्र हाम्रो संबैधानिक व्यवस्थाको महत्वपुर्ण विशेषताको रुपमा रहेको छ । संविधानको यो मर्म अक्षर या बचनबाट होइन हाम्रा अभ्यास र आचरणबाट मात्रै कार्यान्वयन हुनसक्छ भन्ने मलाई लाग्छ । राज्यका उच्च ओहदाहरुमा समाजका सबै अंगहरुको प्रतिबिम्ब झल्कन सक्यो भने मात्रै वास्तविक अर्थमा लोकतन्त्र सुदृढ हुन सक्छ भन्ने यथार्थ संग संविधान निर्माणमा अगुवाई गरेका राजनीतिक दल र नेतृत्व वर्ग सहमत हुनुहुनेछ भन्ने मैले आशा लिएको छु । ”
आफुले इमान्दारीता पुर्वक कर्तव्य पुरा गर्ने प्रयास गरेको भन्दै उहाँले कसैले पनि आफ्नो धरातल विर्सन नहुने बताउनुभयो । उहाँले भन्नुभयो “कसैले पनि आफ्ना जराहरु विर्सन हुन्न र धरातल विर्सन हुन्न र स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्न हुन्न भन्ने कुरामा म सचेत छु ।”
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: