
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सफाइ दिएको छ । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठलाई सफाइ दिएको पुष्टी गरे ।
‘राष्ट्र बैंकको विषयमा त्यो छानविन भएको हो। छानविनको रिर्पोट प्राप्त भएको हो। छानविनमा कुनै त्यस्तो प्रमाण नभेटिएपछि सफाइ पाएको पनि अवस्था हो। त्यतिकै केही पनि फेला नपरेपनि गर्नैपर्छ भनेर भएन । प्रश्न उठेपछि छानविन हुनु स्वभाविक हो। छानविन हुँदा केही पनि पाएन भने करार गर्नुपर्ने, फटाहा वा भष्ट्रनै हो भनेर करार गर्न मिल्दैन। जे कुरा खोजविन भयो, त्यो कुरा नभेटिएपछि सफाइ पाएको अवस्था छ।‘ सञ्चारमन्त्री गोकुल बाँस्कोटालेमन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा भने । श्रेष्ठको प्रष्टीकरण चित्त बुझ्दो भएको र आरोप गलत भएको भन्दै सरकारले सफाइ दिने निर्णय गरेको हो।
छानबिन समिति गठन भएपछि श्रेष्ठ निलम्बनमा परेका थिए । अव उनलाई पुनर्वहाली गर्ने प्रक्रिया अगाडी बढ्ने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्